काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा बैठक चलिरहेको नेता केशव झाले बताए ।
उनका अनुसार बैठकमा छलफलका लागि आठ एजेन्डा तय गरिएको छ । ती एजेन्डामा पदाधिकारीको शपथग्रहण, समसामयिक राजनीतिक परिस्थिति, विगतका निर्णय कार्यान्वयनको समीक्षा, सङ्गठन विस्तार, विचार मिल्ने पार्टीसँग कार्यगत एकता र मोर्चा, सङ्घर्षको कार्यविधि, प्रशिक्षण लगायतका विविध विषय समावेश छन् ।
पार्टीले यसअघि अशोक राई नेतृत्वको जसपा नेपालसँग कार्यगत एकता घोषणा गरिसकेको छ । बैठकमा उक्त एकतालाई थप मजबुत बनाउने रणनीति र आगामी कार्यक्रमहरूबारे छलफल हुने नेताहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया