काठमाडौं । काठमाडौंको गोङ्गबुस्थित विष्णुमती नदी अहिले सतर्कता तह नजिक पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिउँसो ३:२० बजे जलमापन केन्द्रमा गरिएको अवलोकनअनुसार नदीको जल सतह सतर्कता तहमा पुगेको र बढ्दो क्रममा रहेको छ ।
विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी र नदी किनार भएर आवागमन गर्नेहरूलाई सतर्क रहन विशेष आग्रह गरेको छ । साथै, आवश्यक सुरक्षा उपाय अपनाउन र जोखिमयुक्त स्थानमा नगई सुरक्षित क्षेत्रमा रहन सुझाव दिएको छ ।
नदीमा अचानक बढ्ने जलस्तरका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभागले लगातार जलमापन र अवलोकन जारी राखेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया