काठमाडौं । सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामध्ये स्वास्थ्य पत्रकारिता बढी महत्त्वपूर्ण रहेको बताएका छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले स्वास्थ्य पत्रकारिताले जनतालाई रोगसँग बचाउन र सूचित गराउन योगदान पुर्याउँदै आएको उल्लेख गरे ।
‘तथ्यमा आधारित जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण भए पनि स्वास्थ्य पत्रकारहरुले निरन्तर यो जिम्मेवारी वहन गर्दै आएका छन्,’ उनले भने, ‘अबको चुनौती भनेको एआईलगायत प्रविधिको दुरुपयोग तथा भाइरल बनाउने नाममा आउने फेक न्युज रोक्नु हो । यसमा विधागत पत्रकारिता गर्ने व्यक्ति र संस्थाहरू अझ जिम्मेवार हुनुपर्छ ।’
उनले रोगबारे समाचार लेख्दा उपचारभन्दा पनि रोग लाग्न नदिन सकिने उपायलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया