बागमती । सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा आज बिहान करिब ९ः३० बजे सुक्खा पहिरो खस्दा फाखेल–दक्षिणकाली हुँदै काठमाडौं जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
त्यस्तै, त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा नजिक ढुङ्गा र रुख खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ । प्रहरीका अनुसार दुवै स्थानमा डोजर परिचालन गरेर पहिरो पन्छ्याउने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया