बाजुरामा पहिरो हटेपछि साँफे–मार्तडी राजमार्गमा यातायात सञ्चालन

लोकपथ
70
Shares
फाइल तस्बिर

बाजुरा । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध भएको साँफे– मार्तडी राजमार्गमा यातायात सञ्चालनमा आएको छ ।

जिल्ला सदरमुकाम जोड्ने राजमार्गमा पर्ने बडीमालिका नगरपालिका-४ रिलाको खोलामा वर्षापछि पहिरो खस्दा यातायात ठप्प भएको थियो ।

जेसिभीको सहयोगमा पहिरो हटाएपछि सडकमा गाडी सञ्चालन पुनः सुरु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?