काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालका राजनीतिक दलहरू मुख्यतः निर्वाचन जित्ने उद्देश्यमा मात्र केन्द्रित भएको बताएका छन् ।
उनले भने, ‘मुख्य कुरा सबै पार्टीहरू चुनावदेखि चुनावसम्म केन्द्रित छन् । यो चुनाव किन जित्ने भन्दा अर्को चुनाव जित्नका लागि भन्ने स्थितिमा छ ।’
सचिव कार्कीका अनुसार, राजनीतिक दलहरूले नेपालको राजनीतिको चक्रलाई मात्रै ०८४ (चक्रगत रूपमा) हेरेको देखिन्छ भने आम नागरिक, किसान र मजदुरहरूले परिवर्तनको चक्रमा ध्यान दिन्छन् । यसले गर्दा देशका राजनीतिक दलहरूको प्रभावकारिता र औचित्यमाथि प्रश्न उठ्ने अवस्था आएको छ ।
उनले थपे, ‘जनताको असन्तोष, चाहना र आकांक्षा प्रत्येक १०-१५-२० वर्षमा ठुला आन्दोलनका रूपमा देखिन्छ। संसदीय दृष्टिकोणबाट हेर्ने र जनताको दृष्टिकोण फरक हुन्छ। यसबाट सक्रिय र प्रभावशाली पार्टीहरूको औचित्य र सान्दर्भिकतामा प्रश्न उठ्छ ।’
सचिव कार्कीले विश्वको नेतृत्व अहिले पुँजीपति वर्गले गरेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया