काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अलास्का राज्यको एन्कोरेजमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेका छन् ।
बैठक फलदायी भए पनि दुई राष्ट्रपतिबिच कुनै औपचारिक सम्झौता हुन सकेको छैन । बैठकपछि दुवै राष्ट्रपति संयुक्त पत्रकार सम्मेलनमा देखिएका थिए ।
ट्रम्पले भने, ‘केही विषयमा सहमति भएको छ र प्रगति पनि भएको छ, तर औपचारिक सम्झौता भएन ।’
पुटिनले भने, ‘युक्रेनको सुरक्षा सुनिश्चित गर्न ट्रम्प सहमत भएका छन् र यसले युक्रेनमा शान्ति स्थापना गर्ने दिशामा मद्दत गर्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया