को–को तानिए प्याराडाइज पेपर्समा ?

काठमाडौँ, २१ कात्तिक- पानामा पेपर्स काण्डको एक वर्षपछि अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आइसिआइजे)ले अर्को सनसनीपूर्ण विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक ‘प्याराडाइज पेपर्स’ नामक विवरणमा बेलायती महारानी एलिजाबेथ द्वितीयसहित विश्वका धेरै राष्ट्रप्रमुख, पूर्वप्रमुख, राजनीतिज्ञ, कलाकार र खेलाडीका अतिरिक्त विश्वका ठूला कम्पनीले ट्याक्स हेभेनमा सम्पत्ति लुकाएको खुलासा भएको हो गत वर्ष सार्वजनिक भएको यस्तै प्रकृतिको विवरण पानामा पेपर्सले पनि विश्वका विभिन्न राष्ट्रका प्रमुख, राजनीतिक दलका नेता तथा व्यापारीलाई विवादमा तानेको थियो । पानामा पेपरमा मुछिएका तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई गत जुलाईमा सर्वोच्च अदालतले दोषी ठहर गरी अपदस्थसमेत गरेको थियो, एजेन्सीलाई उदृत गर्दै नयाँ पत्रिकाले खबर छापेको छ को–को तानिए प्याराडाइज पेपर्समा ?बेलायती महारानी एलिजाबेथ द्वितीया, कोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल सान्तोस र लाइबेरियाका राष्ट्रपति एलेन जोन्सन गरी तीनजना राष्ट्रप्रमुखले ट्याक्स हेभेनमा सम्पत्ति लुकाएको खुलेको छ । महारानी एलिजाबेथ द्वितीयाले मेडिकल र उपभोक्तालाई ऋण दिने कम्पनीमा दशौँलाख डलर लगानी गरेको खुलेको छ । जोर्डनकी रानी नूर अलहुसैन, कोस्टारिकाका पूर्वराष्ट्रपति जोसे मारिया फिगरेर्स पनि सोही मुद्दामा तानिएका छन् यसैगरी, पाकिस्तानी पूर्वप्रधानमन्त्री सौकात अजिज, अस्ट्रियाका पूर्वचान्सलर अल्फ्रेड गुसेन्बर, जर्मनीका पूर्वचान्सलर गर्हार्ड र जापानका पूर्वप्रधानमन्त्री युकिओ हातोयामा पनि प्याराडाइज पेपर्सको मुद्दामा मुछिएका छन् । सबैभन्दा धेरै क्यानडाका तीनजना पूर्वप्रधानमन्त्रीहरू जिन क्रेटिअन, पाउल मार्टिन, ब्रिआन मुल्रोनी पनि प्याराडाइज पेपरको मुद्दाले विवादित बनेका छन् सन् २००४ मा अमेरिकाको राष्ट्रपतिका उम्मेदवार वेस्ली क्लार्क, रुसका लागि अमेरिकाका राजदूत जोन हन्टस्म्यान, अमेरिकी केन्द्रीय बैंकमा अनुगमन शाखाका उपाध्याक्ष रान्डल क्वार्लस पनि तानिएका छन् । क्यानडा, घाना, इन्डोनेसिया, जोर्डनका केही नेता तथा सरकारी अधिकारीहरूका आफन्तसमेत सो मुद्दामा मुछिएका छन् । भारत सरकारका उड्ययनमन्त्री जयन्त सिन्हा र भारतीय जनता पार्टीका राज्यसभाका सांसद रवीन्द्रकिशोर सिन्हा पनि यो मुद्दामा गाँसिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?