टप एन्ड टी–२० सिरिजमा नेपाल आज बंगलादेश ‘ए’ सँग भिड्दै

लोकपथ
2.5k
Shares

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्ने भएको छ ।

डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड–२ मा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ। नेपाली टोलीको कप्तानी रोहित पौडेलले गरिरहेका छन् भने बंगलादेश ‘ए’ को नेतृत्व नुरुल हसनले सम्हाल्नेछन् ।

यसअघि दुवै टोली पहिलो खेलमा पराजित भएका थिए। नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ‘ए’ पाकिस्तान शाहीन्ससँग ७९ रनले हारेको थियो। त्यसैले दुवै टोली आज पहिलो जितको खोजीमा मैदान उत्रनेछन् ।

बंगलादेश ‘ए’ गत सिजनको उपविजेता टोली हो । यसमा अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका तथा हालै सम्पन्न बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू समावेश छन् ।

अगस्ट २४ तारिखसम्म डार्विन र पामरस्टनमा जारी प्रतियोगितामा नेपालसहित ११ टोलीले ३६ लिग खेल खेल्ने कार्यक्रम छ । नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?