खोलामा खसेर बालिकाको मृत्यु

लोकपथ
140
Shares

काठमाडौं । ताप्लेजुङमा फड्के तर्ने क्रममा शुक्रबार खोलामा खसेर एक बालिकाको मृत्यु भएको छ । 

फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुई वर्षीया निशा लिम्बूको फड्के तर्ने क्रममा खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

उनका अनुसार उनकी आमा शान्ता लिम्बू भने सामान्य घाइते भएकी छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?