कुलिङ अफ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन

लोकपथ
308
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले कुलिङ अफ पिरियड सम्बन्धी संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पठाउन निर्देशन दिएका छन् ।

सभामुखको सचिवालयका अनुसार संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको दाबीका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिइएको हो ।

प्रमुख दलका प्रमुख सचेतकहरूको सुझावअनुसार प्रतिवेदन सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद सचिवालयमा पठाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?