एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तको स्रागेन सहरमा विद्यालयको खाजा खाएपछि करिब ३६५ जना बिरामी परेका छन् । राष्ट्रपति प्राबोवो सुबियान्तोको नि:शुल्क खाना कार्यक्रममा देखिएको यो अहिलेसम्मकै ठूलो खाद्य विषाक्तताको घटना हो।
बीबीसीका अनुसार दूषितताको कारण पत्ता लगाउन खानाको नमुना परीक्षण भइरहेको छ र अस्थायी रूपमा खाना वितरण रोकिएको छ ।
करिब २८ अर्ब डलर लागतको यो कार्यक्रम राष्ट्रपतिको चुनावी प्रतिज्ञाअन्तर्गत सुरु गरिएको हो, जसको उद्देश्य देशभरका ८ करोड विद्यार्थीलाई खाना खुवाएर हो ।
तर, सुरु भएदेखि नै यो कार्यक्रम बारम्बार खाद्य विषाक्तताको घटनामा फसेको छ । जनवरीदेखि अहिलेसम्म देशभर १ हजारभन्दा बढी मानिस बिरामी परिसकेका छन् ।
सरकारले पीडितको सम्पूर्ण उपचार खर्च बेहोर्ने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया