जंगली हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

लोकपथ
140
Shares

झापा । झापाको दमक नगरपालिका–१ मा जंगली हात्तीको आक्रमणबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

साउन ११ गते बिहान ४ः३० बजे ‘मर्निङ वाक’का लागि बरगाछीस्थित सडकमा हिँडिरहेका बेला हात्तीको आक्रमणमा परी ४६ वर्षीया सुनिता राई गम्भीर घाइते भएकी थिइन् ।

घाइते राईको विराटनगरस्थित न्युरो अस्पतालमा आज बिहान उपचारकै क्रममा निधन भएको हो ।

सोही घटनामा सुनितासँगै रहेकी उनकी बहिनी ४२ वर्षीया कविता राई पनि घाइते भएकी थिइन् । दुवै जनालाई प्रारम्भिक उपचारपछि दमक अस्पतालबाट विराटनगर पठाइएको थियो । प्रहरी निरीक्षक नवीन राईका अनुसार कविता राईको सोही अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?