काठमाडौं । ओप्पोले नेपालमा आफ्नो ए सिरिजको नयाँ स्मार्टफोन ओप्पो ए फाईब एक्स आज (शुक्रबार) देखि नेपाली बजारमा सार्वजनिक गरेको छ।
नयाँ ओप्पो ए फाईब एक्स टिकाउ, भरपर्दो र दैनिक जीवनका कठिन परिस्थितिहरू सामना गर्न सक्ने गरी डिजाइन गरिएको हो ।
नयाँ ओप्पो ए फाईब एक्सले IP65 स्तरको पानी र धूलो प्रतिरोध, र ६,०००mAh क्षमताको लामो समयसम्म टिक्ने ब्याट्रीसहितको यो फोन कठिन परिस्थितिमा पनि भरपर्दो रहने दाबी गरिएको छ।
यसमा रहेको मजबुत फ्रेम, वाटरप्रूफ USB-C पोर्ट, र दुई तहको टेम्पर्ड ग्लासले सामान्य काँचभन्दा १६०% बढी बल सहन सक्ने क्षमता प्रदान गर्छ । भित्रका पार्टहरूलाई सिलिकोन ग्याँसकेट र उच्च गुणस्तरको इन्जिनियरिङमार्फत थप सुरक्षित बनाइएको छ।

कम्पनीका अनुसार, यसमा रहेको ६,०००mAh क्षमताको ब्याट्रीले १६.३ घण्टा भिडियो स्ट्रिमिङ, २६.६ घण्टा फोन कल, र ४५० घण्टा स्ट्यान्डबाइ समय दिन सक्छ। OPPO को विशेष ब्याट्री डिजाइनका कारण १७०० चार्ज साइकलपछि पनि ब्याट्री क्षमताको ८०% भन्दा बढी कायम रहन्छ । साथै, ४५W SUPERVOOC™ फ्ल्यास चार्ज प्रविधीमार्फत २१ मिनेटमै ३०% र ८४ मिनेटमै पूर्ण चार्ज गर्न सकिनेछ।
Snapdragon® 6s Gen 1 प्रोसेसरद्वारा सञ्चालित यस फोनमा ColorOS 15, Google Gemini AI सहायक, ३२MP मुख्य क्यामेरा, ५MP फ्रन्ट क्यामेरा र AI आधारित इमेजिङ टुलहरू समावेश छन् । साथै, १००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले र ३००% अल्ट्रा भोल्युम मोडजस्ता फिचरले मनोरञ्जन अनुभवलाई अझै उन्नत बनाउने बताइएको छ।
ओप्पो A5x मूल्य क्रमशः ४GB+६४GB रु. १४,९९९, ४GB+१२८GB रु. १७,९९९ र ६GB+१२८GB रु. १९,९९९ तोकिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया