बागमतीमा लामा पक्षलाई मुख्यमन्त्री बानियाँको गम्भीर धोका, आफू पक्षधर पाँच मन्त्री नियुक्त गर्दै

लोकपथ
8.2k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आफ्नो पार्टी नेपाली कांग्रेसको भागमा परेका ५ मन्त्री नियुक्ति गरी आजै शपथ गराउने उनको तयारी छ ।

नवनियुक्त मन्त्रीहरूलाई दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ दिने कार्यक्रम पनि तय भइसकेको छ । तर निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षलाई पूरै ‘बाइपास’ गरिएको छ । यसअघि लामा पक्षलाई उनले यसअघि नियुक्त गरेका तीनै जनालाई मन्त्री बनाउने ‘भद्र’ सहमति भएको थियो । 

स्रोतका अनुसार, रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद प्रभात तामाङ, काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद कञ्चनचन्द्र बादे, भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद सुरेश श्रेष्ठ, ललितपुरबाट समानुपातिक सांसद उर्मिला नेपाल र चितवनबाट समानुपातिक सांसद बिनु रायमाझीलाई मन्त्री नियुक्त गरिने भएको छ । 

उनीहरूलाई दिइने मन्त्रालयको टुंगो लाग्न भने बाँकी छ । 

दुईदलीय गठबन्धनमा कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय परेकोमा कांग्रेसबाट मुख्यमन्त्री र दुई मन्त्री यसअघि नै नियुक्ति भइसकेका छन् । बानियाँले यसअघि साउन २० गते नियुक्त कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र शिवराज अधिकारीलाई बिनाविभागीयको जिम्मेवारी दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?