सुकुम्बासी बस्तीमा डोजर चलाउँदा स्थानीय आक्रोशित, प्रहरीमाथि ढुंगामुढा

लोकपथ
770
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा नदी किनारको सुकुम्बासी बस्तीमा डोजर चलाएपछि स्थानीय आक्रोशित बनेका छन् । शुक्रबार महानगरीय नगर प्रहरीको टोली नयाँ बनेका टहरा र घर हटाउन डोजरसहित पुगेको हो ।

डोजर सञ्चालन सुरु भएपछि स्थानीयले नगर प्रहरी र नेपाल प्रहरीमाथि ढुंगामुढा गरेका थिए । उनीहरूले डोजरमा पनि प्रहार गर्दै तोडफोड गरेका छन् ।

झडपको सम्भावना देखिएपछि नेपाल प्रहरीको अतिरिक्त टोली पनि घटनास्थलमा पुगेको थियो । घटनापछि बस्तीमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?