विकासमा विदेशीको नक्कल दुर्भाग्यपूर्ण छ : प्रचण्ड

लोकपथ
161
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशीको नक्कलको प्रवृत्तिका कारण नेपालमा मौलिक विकास हुन नसकेको बताएका छन् ।

भक्तपुरको चाँगुनारायणलाई ‘एभोकाडो सिटी’को रूपमा विकास गर्ने अभियानको शुक्रबार सम्पन्न कार्यक्रममा बोल्दै उनले स्थानीय स्रोत, साधन र सीपको सदुपयोग गर्न सके मुलुक छिट्टै आत्मनिर्भर बन्न सक्ने धारणा राखे।

‘हामीकहाँ अलि बढी विदेशी नक्कल गर्ने जो भयो, त्यो दुर्भाग्यपूर्ण छ,’ प्रचण्डले भने, ‘हाम्रो सिप, हाम्रो श्रम, हाम्रो स्रोत र हाम्रो साधनलाई हाम्रै तरिकाले अगाडि बढाउने अभियान चलाउन सके नेपाललाई मौलिक विकासको मोडेलसहितको देशमा बदल्न सकिन्छ।’

गत साउन १ गतेदेखि सुरु भएको ‘एभोकाडो सिटी’ अभियान अन्तर्गत चाँगुनारायण नगरपालिकाका प्रत्येक घरपरिवारलाई एभोकाडोका दुई वटा बिरुवा निःशुल्क वितरण गरिएको अभियान संयोजक नरेश खड्काले जानकारी दिए । तीन वर्षसम्म निरन्तर सञ्चालन हुने यो अभियानपछि चाँगुनारायणलाई ‘एभोकाडो सिटी’को पहिचान दिलाउने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?