काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी–२० सिरिज’को उद्घाटन खेल आज नेपाल र अस्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरबिच हुँदैछ ।
नेपाली समयअनुसार मरारा क्रिकेट मैदानमा आज अपराह्न २ः१५ बजे खेल सुरु हुनेछ । ट्वान्टी–२० विश्वकप छनोटको तयारी स्वरूप पहिलो पटक यो प्रतियोगितामा नेपाल सहभागी भएको हो ।
प्रतियोगितामा आयोजक अस्ट्रेलियासहित अमेरिका, पाकिस्तानलगायत ११ देशका टोली प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता आगामी भदौ ८ गतेसम्म जारी रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया