पहिरोले कोदारी राजमार्ग अवरुद्ध : ६ सय ‘कन्टेनर’ सीमापारि

लोकपथ
105
Shares

चौतारा ।  पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन् । 

भोटेकोसी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो  खसेको १२ दिन भयो । पहिरो पन्छाउन नसक्दा सवारी साधन मात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले  बताए । करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ । 

कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको जानकारी दिँदै उनले पहिरो पन्छाउने प्रयास सरकारी स्तरमा नभएको गुनासो गरे । 

यसैबिच, चरिकोटस्थित सडक डिभिजन कार्यालयका प्रमुख अमित कुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिना साथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने प्रतिबद्धता व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?