सशस्त्रका १३ जना डीएसपी र २३ जना इन्स्पेक्टरको सरुवा, अधिकांशलाई बीओपीको जिम्मेवारी (सूचीसहित)

लोकपथ
8.5k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १३ जना नायव उपरीक्षक (डीएसपी) र २३ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । 

काज सरुवा गरिएका १३ जना डीएसपीमध्ये १० जनालाई बोर्डर आउट पोस्ट (बीओपी)को कमान्डको जिम्मेवारी दिइएको छ । बाँकी ३ जना डीएसपीमध्ये काज सरुवा गरिएका एक जना डीएसपी गोविन्दप्रसाद पोखरेल बीओपी कमान्डमा रहँदा तस्करसँग मिलेमतो गरेको भन्दै बाहिनी कार्यालय तानिएका थिए । नम्बर ५ गण उदयपुरमा दरबन्दी भएका उनलाई नम्बर १८ नीलबाराही गण, काठमाडौंमा काज सरुवा गरिएको हो ।  

यसैगरी काज सरुवा गरिएका सबै इन्स्पेक्टरलाई बीओपीमा पठाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?