ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबिच समझदारी पत्रमा हस्ताक्षर

लोकपथ
875
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबिच सांग्रिला बैंकका ग्राहकहरूलाई गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार, सांग्रिला बैंकका ग्राहकहरूले आवश्यक पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग लगायतका सुविधा ग्लोबल आइएमई बैंकबाट पाउने छन् ।

ग्लोबल आइएमई बैंकलाई हालै ‘ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४ र २०२५’ र ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित गरिएको छ । बैंकले मुलुकभर ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा केन्द्र, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

यससँगै, बैंकले नेपालमा मात्र नभई विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ । संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायतका देशबाट नेपाली नागरिकका लागि रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले पनि देशभर १०९ शाखा र ३० एटिएममार्फत ग्राहकहरूलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?