काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका सम्बन्धमा उपप्रधानमन्त्री, मन्त्री तथा मुख्यसचिवहरूबीच कार्यसम्पादन सम्झौता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर एवं आदान–प्रदान गरिएको थियो ।
प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा सुरु गरिएको कार्यसम्पादन सम्झौताको अभ्यासले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधार सुनिश्चित गर्न मद्दत गर्ने बताइएको छ ।
कार्यक्रमअनुसार, मन्त्रीहरूले प्रधानमन्त्रीसँग सम्झौता गरेपछि सम्बन्धित सचिवहरूसँग पनि कार्यसम्पादन सम्झौता गर्नुपर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया