भक्तपुर । जिल्ला अदालतमा थुनछेक बहसको पालो नपुगेपछि गुण्डा नाइके चक्रे मिलन पुनः प्रहरी हिरासतमा परेका छन् ।
अभद्र व्यवहार मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधबार ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेलगत्तै उनलाई कुटपिटसम्बन्धी अर्को मुद्दाको अनुसन्धानका लागि भक्तपुर पठाइएको थियो ।
थिमीस्थित प्रहरी वृत्तमा राखिएका मिलनलाई आज बिहानै बयानका लागि व्यासीस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार बयान प्रक्रिया सकिए पनि अदालतमा पेश गर्ने समय नपुगेकाले मिलनलाई फेरि प्रहरी हिरासतमा राखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया