काठमाडौं । बिहीबार दिउँसो रसुवामा बस दुर्घटना हुँदा १० जा घाइते भएका छन् ।
आमाछोदाङ गाउँपालिकाको गत्लाङबाट काठमाडौंका लागि हिँडेको बा ४ ख ८४३५ नम्बरको बस रसुवाकै उत्तरगया गाउँपालिका–५ लहरेपौवामा बस दुर्घटना भएको हो ।
बस दुर्घटनामा १० जना घाइते भएको स्थानीय कृष्ण न्यौपानेले लोकपथलाई जानकारी दिए । उनका अनुसार बसमा करिब १५ जना रहेको र घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको छ ।
अहिले सबै घाइतेहरुको उद्धार गरी नुवाकोटको त्रिशुली अस्पताल लगिएको छ ।

‘उक्त बसमा १५ जना हाराहारी मान्छेहरु रहेको बुझ्न आएको छ । त्यसमध्ये १० जना घाइते र २ जना गम्भीर घाइते रहेको प्रहरीले हामीलाई जानकारी दिनुभएको छ,’ न्यौपानेले लोकपथसँग भने, ‘सबै घाइतेहरुलाई नुवाकोटको त्रिशुली अस्पताल लगिएको छ ।’
अटोलाई साइड दिँदा बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया