सरकारले तोक्यो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर, कुनको कति ?

लोकपथ
8.9k
Shares
तस्वीर गूगल

काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपभोग दस्तुर तोकेको हो ।

जसअनुसार, कार र भ्यानहरूका लागि काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ । 

यस्तै मिनी बस/ट्रक काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तिर्नुपर्ने छ । 

यस्तै, बस तथा ट्रक काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ तिर्नुपर्ने छ । 

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भारी उपकरणले काठमाडौं आउँदा ६०० र जाँदा २५० दस्तुर तिर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?