ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

लोकपथ
1.5k
Shares

काठमाडौं । प्रहरीले ठमेलबाट १ सय १५ किलो बुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ठमेलस्थित जेपी मोडमा रहेको चिनियाँ होटलबाट पक्राउ पर्नेमा चीनको हेनान प्रदेश घर भएका ४६ वर्षीय लिउ जिङताओ र २३ वर्षीय लिउ स्याओस्वाई छन् । उनीहरू बाबुछोरा हुन् ।

उनीहरूको साथबाट १२ लाख ७० हजार रुपैयाँ नगद पनि बरामद गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

पक्राउ परेका बाबुछोराले काठमाडौंमा पर्यटक भिसामा बसेर अवैध काम गर्ने गरेको बताइएको छ । उनीहरूले अवैध तरिकाले बुद्धचित्तको दाना संकलन गरेर राखेको भेटिएको छ । आरोपीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?