काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको हो ।
हिजो प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १०० रुपैयाँले बढेको हो ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । हिजो प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३४० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया