काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् ।
आगामी भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा आयोजना हुन गइरहेको शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन उनी भदौ १४ गते चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
सम्मेलन सहभागिताको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र भारतीय समकक्षीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
यस सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिता हुन लागेको यो पहिलोपटक हो । यस सम्मेलनमा राजनीति, अर्थतन्त्र र सुरक्षाका विषयमा छलफल हुने छ ।
सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि सहभागिता रहने भएको छ । यसैगरी, विश्वका अन्य देशका सरकार तथा राष्ट्रप्रमुख पनि सो सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।
सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नेछन् ।
शांघाई सहयोग संगठन (एससीओ) क्षेत्रीय स्थिरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००१ मा स्थापना गरिएको यस संगठनमा १० वटा देश सदस्य छन् । चीनसहित काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान, इज्वेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस सदस्य रहेको यो संगठनमा नेपाल सन् २०२० देखि यो संगठनको सम्वाद साझेदार बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया