काठमाडौं । फ्रान्सका केही क्षेत्रहरूमा यस हप्ता तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ ।
फ्रान्सको राष्ट्रिय मौसम विज्ञान सेवाका अनुसार आगामी अगस्ट २० सम्म चिसो मौसमको कुनै संकेत देखिएको छैन ।
यसबिच, स्थानीय प्रशासनले बासिन्दालाई आफ्नो आवतजावत सीमित गर्न, पर्याप्त मात्रामा पानी पिउन र घरलाई गर्मीबाट जोगाउने उपाय अपनाउन आग्रह गरेको छ ।
विशेषगरी बालबालिका, वृद्ध तथा बिरामीहरू जस्ता कमजोर स्वास्थ्यका व्यक्तिहरूका लागि अतिरिक्त सतर्कता अपनाउन सिफारिस गरिएको छ । राष्ट्रको तेस्रो ठूलो शहर लियोनमा मंगलबार दिउँसो तापक्रम ४१ डिग्री सेल्सियस पुगेको बताइएको छ ।
स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै केवल अत्यावश्यक काम परेमा मात्र घर बाहिर निस्किन अधिकारीहरूले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया