गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुरुक्षेत्र गाउँपालिका–३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिएका छन् ।
उनका अनुसार निरन्तरको वर्षाका कारण पहिरो पन्छाउने कार्यमा अवरोध भई ढिलाइ भएको छ ।
‘वर्षा रोकिनासाथ अवरोध हटाएर यातायात सञ्चालनमा ल्याइनेछ,‘सारुले बताए । सडक खुल्न नसकेसम्म पानीट्याङकी–थोर्गा–सालबिसौन वैकल्पिक मार्ग प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया