अशोक राई र राजेन्द्र महतोको दलले एकताउन्मुख सहकार्य गर्ने

लोकपथ
553
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबिच एकताउन्मुख कार्यगत एकता हुने भएको छ ।

राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले बिहीबार एक कार्यक्रममार्फत दुई पार्टीबिच एकताउन्मुख सहकार्य सुरु गर्न लागेको जानकारी दिएका छन् । उनले भने, ‘दुई पार्टीबिच एकता हुन्छ । अहिले एकताउन्मुख कार्यगत एकता घोषणा गर्न लागेका हौँ ।’

राईले जसपा नेपालबाट पार्टी विभाजन गरेर जसपा गठन गरेका थिए । उनका नेतृत्वको दल, जसपा, मधेस केन्द्रित सात दलको मोर्चामा सहभागी छैन । अर्कोतर्फ, राष्ट्रिय मुक्ति पार्टी संघीय लोकतान्त्रिक मोर्चामा सहभागी छ ।

हाल प्रतिनिधि सभामा जसपाका ७ सांसद छन्, जबकि राष्ट्रिय मुक्ति पार्टीको सदनमा उपस्थिति छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?