झापा । बिर्तामोडबाट इलामको माई नगरपालिका जोड्ने अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल आज बाढीले बगाएको छ । पुल बगाएसँगै शनिश्चरे–खुदुनाबारी आवागमन गर्ने सो सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
उक्त पुल दुई वर्षअघि भासिएको थियो । त्यति बेला पुल भाँचिँदा सडक अवरुद्ध भएपछि दक्षिणतर्फ अर्जुनधाराधाम हुँदै जाने अर्को सडकको बिरिङ पुलमार्फत यातायात सञ्चालन हुँदै आएको थियो ।
बिसं २०६५ मा भारत सरकारको २ करोड सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमार्फत लामो दूरीका सवारीसाधनसमेत आवागमन गर्न थालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया