काठमाडौं । राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडाले सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार औपचारिक रूपमा सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।
खतिवडाले राजीनामा पत्रमा उल्लेख गरेका छन्, ‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु।’
यससँगै समितिको सभापति पद हाल रिक्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया