धनुषामा गोली चल्यो, दुई जना लागुऔषध कारोबारी पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–२ मा प्रहरीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको छ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार पप्पु साह नामका एक पुरुष र एक महिलालाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार उनीहरूको साथबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ। पक्राउ क्रममा प्रतिरोध देखाएपछि प्रहरीले गोली चलाउँदा पप्पु साहको दाहिने खुट्टामा चोट लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?