काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता अपरिहार्य रहेको बताएका छन् ।
स्वाबलम्बन विकास केन्द्रको ३४औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकास र समृद्धिको पक्षमा मुलुकका दुई ठूला राजनीतिक दल एक भएर सरकार सञ्चालन गर्नुपरेको उल्लेख गरे ।
उनले हाल देशमा स्थिर सरकार रहेको र यसले लगानीको वातावरण निर्माण गरेको बताउँदै रोजगारी सिर्जना र आर्थिक समृद्धिका लागि उद्यमी तथा व्यवसायीहरूलाई अग्रसर हुन आग्रह गरे ।
कार्यक्रममा मन्त्री गुरुङले दुई लाख रुपैयाँ राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरे । सो पुरस्कार यस वर्षका लागि स्वाबलम्बन विकास केन्द्रले उक्त संस्थालाई दिने निर्णय गरेको थियो ।
त्यस्तै, दुई लाख रुपैयाँ राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल उद्यमी तथा सांसद योगेन्द्र मण्डललाई प्रदान गरिएको थियो ।
सोही अवसरमा जनही ५० हजार रुपैयाँ राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार क्रमशः विमला थारु, जमुना घिमिरे र आशा बुढामगरलाई प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया