पहिरोमा परी इलाममा एक जनाको मृत्यु

लोकपथ
98
Shares

इलाम । इलामको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो आएको लेदोसहितको पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय वीरबहादुर राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईका अनुसार, वीरबहादुर राई दिउँसो करिब १२ः०० बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएका थिए ।

प्रहरीका अनुसार मृतक कान कम सुन्ने समस्याबाट पीडित थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?