प्रचण्डलक्षित ओलीको टिप्पणी : ‘कीर्तिपुर रंगशाला निर्माणको काम हेर्न सँगै जाने भए पनि जाऔँ’

लोकपथ
784
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्न आग्रह गरेका छन् ।   

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

उनले रंगशालामा प्याराफिट र फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका दाहालले निर्माण ढिलाइ भएको भन्दै संसद्मा प्रश्न उठाएका थिए ।

प्रधानमन्त्री ओलीले रंगशालाको निर्माण प्रक्रियामा प्रतिक्रियावादी अवरोध, गलत मनसायसहितका मुद्दा र प्रतिकुल मौसमका बाबजुद काम अघि बढेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?