काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा योग्य व्यक्तिहरूको अभाव गम्भीर हुँदै गएको बताएका छन् ।
बुधबार अर्थ समितिको बैठकमा बोल्दै उनले विदेशबाट आएका योग्य व्यक्तिहरूलाई बिना सर्त स्वागत गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार, ‘विदेशबाट पीआर छोडेर नेपाल फर्किने व्यक्तिहरू जोखिम मोलेर आउँछन् । उनीहरूलाई हाम्रो तर्फबाट आवश्यक सुरक्षा र अवसरको प्रत्याभूति दिनुपर्छ। बिना कामको ग्यारेन्टी यस्ता योग्य व्यक्तिहरू जोखिम मोलेर आउँदैनन् ।’
पूर्वअर्थमन्त्री महतले हालको व्यवस्था पनि उचित नभएको बताए । उनले भने, ‘सार्वजनिक पद धारण गर्न तीन महिनाअघि विदेशी पीआर छोड्नुपर्ने नियम ठीक छैन । पीआर भनेको त्यहाँ काम गर्ने सुविधा हो, नागरिकता होइन। हामीले यसलाई अति महत्त्व दिएका छौँ। नेपालमा आउँदा कामको सुनिश्चितता हुनुपर्छ ।’
महतले उदाहरण दिँदै भने, ‘इङ्ल्याण्डमा क्यानडाका प्रधानमन्त्री र भारतमा रघुरमन गभर्नरले पनि पीआर थियो । तर उनीहरूले आफ्नो विदेशी पीआर त्यागेपछि मात्र आफ्नो जिम्मेवारी ग्रहण गरे ।’
उनको भनाइ अनुसार, नेपालले योग्य जनशक्तिलाई आकर्षित गर्न उपयुक्त वातावरण र ग्यारेन्टी दिनु आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया