संसदमा प्रधानमन्त्री ओली : रास्वपाले जबरजस्त गलत भाष्य स्थापना गर्न खोजिरहेको छ 

लोकपथ
693
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्दै जबरजस्त गलत भाष्य स्थापना गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध भएको आरोप लगाएकोतर्फ इंगित गर्दै बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरू व्यक्तिमाथि के भएको हो ? अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो ? सरकारले भनेजसरी नै अदालत चलेको हो त ? सत्तापक्षका मान्छे पनि थुनिएका छन्, त्यो पनि सरकारले नै भनेर हो त ?’

उनले पूर्वमन्त्री, सांसद र बहालवाल मेयरलगायतका विभिन्न व्यक्ति थुनामा रहेको पनि बताए ।

उनले भने, ‘यसरी एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरू व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारबाही नै हो ? अर्बौं रकम अपचलन गरेर थुनामा रहेका सयौँ व्यक्तिमाथि प्रतिशोध भएको हो ? कुन कुन मान्छेमाथि प्रतिशोध भएको हो ?,’ प्रधानमन्त्री ओलीले भने, ‘भिडद्वारा न्यायको हत्या गरेर अभियोगबाट मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैँ माग्नेछ । यस्ताका पछि लागेर कुद्ने भिड अचम्मको मात्रै होइन दया लाग्ने खालको छ ।’ 

प्रधानमन्त्री ओलीले सहकारीमा भएको बचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको बताउँदै कसैलाई राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजेको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?