काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले गृहमन्त्री रमेश लेखकलाई कारागारभित्र हुने हिंसात्मक घटना कैलालीकै अन्तिम हुनेगरी काम गर्न आग्रह गरेका छन् ।
बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बर्तौलाले यस्तो घटनालाई ‘अब अन्तिम’ बनाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले वर्तमान गृहमन्त्रीलाई स्टन्ट होइन, वास्तविक काम गर्ने नेतृत्व भएको बताए । ‘देशले देखेको नेतृत्व यही हो, यहाँ काम गर्ने अवसर छ । विगतका गृहमन्त्रीले के गर्नुभयो, त्यो छोड्दछु, तर आजको गृहमन्त्रीले देखाउनु पर्छ कि काम गरेर देखाउन सकिन्छ,‘ उनले भने।
बर्तौलाले कारागारभित्र चौकीदार वा नाइके, भाईनाईकेजस्ता अस्वस्थ समूहहरू जन्मिन थालेको र यस्ता समूहहरूले हिंसात्मक गतिविधि गर्ने जोखिम बढेको बताए । यसलाई कानुनी रूपमा व्यवस्थित गर्न सरकारले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
साथै, उनले कैदी बन्दीलाई उत्पादनमूलक काममा संलग्न गराउन पनि विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले आवश्यक स्रोत साधन जुटाउने पहलमा सबैले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।
बैठकमा बर्तौलाले भने, ‘समितिले गर्ने काम पनि हामी गर्छौँ । गृहमन्त्रीको अगुवाइमा कारागारमा हुने हिंसात्मक घटना अब अन्तिम हुनैपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया