सुनसरी । सुनसरीमा निर्माणाधीन एक घरको सेप्टिक ट्याङ्कीभित्र आज बुधबार दुई जना मृत फेला परेका छन् ।
दुहबी नगरपालिका–४ शिव मन्दिर चोकस्थित निर्माणाधीन घरको सेप्टिक ट्याङ्कीभित्र सोही नगरपालिकाको वडा नम्बर २ बस्ने ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई मृत भेटिएका हुन् ।
तामाङ उक्त घर निर्माणका पेटी ठेकेदार र राई कामदार भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब १० बजे चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको सेप्टिक ट्याङ्कीभित्र उनीहरू मृत भेटिएका हुन् ।
घटनाबारे थप अनुसन्धान गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक डाक्टर बोलाइएको छ । घटनाका विषयमा प्रारम्भिक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय दुहबीबाट करिब दुई किलोमिटर पूर्व पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया