प्रभु बैंकको ९६५% ले नाफा बढ्दा लाभांश क्षमता कति ?

लोकपथ
287
Shares

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९६५.४१ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ५१ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, गत आवसम्म बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा र प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ रहेको छ । खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २१ करोड २६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी १० अर्ब ५७ करोड २६ लाख रुपैयाँ भएको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३ अर्ब २ करोड ५२ लाख रुपैयाँ थियो । बैंकको लाभांश क्षमता ४.४४ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ५५ करोड १२ लाख रुपैयाँ छ । निक्षेप संकलन ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख रुपैयाँ र कर्जा लगानी २ खर्ब ३० अर्ब ३७ करोड २ लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्ममा बैंकको खराब कर्जा दर ४.९६ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?