काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पछिल्लो पटक तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएका थिए ।
प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया