काठमाडौं । लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ युट्युबमार्फत सार्वजनिक भएको छ ।
तीज नजिकिँदै गर्दा हरेक वर्षझैँ यस वर्ष पनि श्रोता–दर्शकले प्रतीक्षा गरेको माझीको नयाँ गीतले तीजको माहोललाई थप रंगीन बनाएको छ ।
यो गीत ‘पुतलीको भट्टी’ श्रृंखलाको २१औँ भागका रूपमा बजारमा आएको हो। गीतमा माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको छ । भिडियोमा गत वर्षको हिट गीत ‘आइनँ आमा यो तीजमा’ की मोडल ललिता पौडेलको अभिनय देख्न सकिन्छ ।
भिडियोमा ६० जना कोरस डान्सरको सहभागिता छ भने कोरियोग्राफी मौसम हिमालीको रहेको छ। शम्भु चालिसेले छायांकन गरेको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् । गीतमा एक चेलीले आमासँगको भावुक बिलौना प्रस्तुत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया