सुनसरी कारागार कार्यालयबाट मध्यरात बलात्कार मुद्दाका कैदी फरार 

लोकपथ
2.7k
Shares

काठमाडौं । सुनसरी कारागार कार्यालय झुम्काबाट मंगलबार राति एक कैदी फरार भएका छन् । 

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेल खत्री कारागारको पर्खाल चढेर भागी फरार भएको प्रहरीले जनाएको छ ।

खत्रीको खोजीकार्यका लागि सशस्त्र प्रहरीको सुरक्षा बेस झुम्का र नेपाल प्रहरीसहितको संयुक्त टोली खटिएको छ । 

२०६९ साल कात्तिक २३ गते पनि सुनसरीको झुम्का कारागारबाट ११ कैदी भागेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?