एमएफएन बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने सरकारको घोषणा

लोकपथ
119
Shares

काठमाडौं । आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई उक्त रकम प्रदान गरिने जानकारी आज सामाजिक सञ्जाल फेसबुकबाट दिएका हुन् । यस्तै प्रधानमन्त्री ओलीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय भएको जानकारी पनि दिएका छन् । 

केही दिनअघि भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?