आगामी २४ घण्टा देशभर मनसुन सक्रिय, सातै प्रदेशमा भारी वर्षाको सम्भावना

लोकपथ
945
Shares

काठमाडौं । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहँदा आगामी २४ घण्टा देशभर मनसुन सक्रिय रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ।

देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ भने मधेस प्रदेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा मुसलधारे वर्षा पर्न सक्छ। कर्णाली प्रदेशका केही भागमा पनि भारी वर्षाको सम्भावना छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पूर्णतया बदली रहनेछ भने बाँकी भागमा आंशिकदेखि सामान्य बदली मात्र हुने विभागले जनाएको छ।

सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा पर्न सक्ने चेतावनी दिइएको छ। लुम्बिनीका तराई क्षेत्र र गण्डकी तथा कर्णालीका पहाडी भागमा पनि भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमानमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?