रासायनिक मल अभाव हुन नदिन तीन दिने अल्टिमेटमसहित प्रधानमन्त्रीकाे तीन बुँदे निर्देशन

लोकपथ
280
Shares

काठमाडौं । रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गरेका छन् । कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे आज सिंहदरबारमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले रासायनिक मलको प्रभावकारी वितरणमा समस्या आएको विषयमा गम्भीर चासो व्यक्त गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीलाई तीन दिनभित्र ठोस प्रस्तावसहित उपस्थित हुन निर्देशन दिएका छन्  ।

उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भएको छलफलमा आवश्यक मात्रामा रासायनिक मल किन उपलब्ध हुन नसकेको स्पष्ट पार्न आग्रह गरे ।

उद्योग मन्त्री भण्डारीले अहिले पनि रासायनिक मल उपलब्ध रहेको र आयात भइरहेको बताए । तर, वितरणमा प्रभावकारी व्यवस्था नहुँदा समस्या आएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले यस विषयमा छिटो समाधान गर्न र प्रभावकारी वितरण सुनिश्चित गर्न तीन दिनभित्र कृषि मन्त्रालयलाई प्रस्ताव तयार गरी बुझाउन निर्देशन दिनुका साथै नेपालमा मल कारखाना स्थापना गर्न उद्योग मन्त्रालयलाई आवश्यक तयारी थाल्न पनि निर्देशन दिएका छन् ।

यससँगै सरकारले मुलुकभर रासायनिक मलको उपलब्धता र वितरण व्यवस्थापनमा सुधार गरी कृषि उत्पादनमा वृद्धि गर्ने योजना अघि बढाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?