भेटिएनन् महाकाली नदीमा बेपत्ता दुई बालिका

लोकपथ
0
Shares

काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा आइतबार दिउँसो नुहाउने क्रममा बगेर बेपत्ता भएका दुई बालिकाको अवस्था तीन दिनसम्म पनि अज्ञात छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराकाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले लगातार खोजतलास गरिरहेका छन् तर अहिलेसम्म कुनै पत्ता लागेको छैन।

बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का मुकेश पन्तकी ६ वर्षीया छोरी सानवी पन्त र पदमराज पन्तकी ८ वर्षीया छोरी जीविका पन्त छन्। प्रहरीका अनुसार खोजीकार्य आज तेस्रो दिन पनि महाकाली नदीमै जारी छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?