कारागार अनुगमनपछि आयोगले भन्यो– ‘रवि राखिएको कोठा स्वास्थ्यका लागि अनुपयुक्त’

लोकपथ
315
Shares

काठमाडौं । रुपन्देही र कैलाली कारागार अनुगमनपछि राष्ट्रिय मानव अधिकार आयोगले दुवै कारागारमा मानव अधिकारसम्बन्धी गम्भीर समस्या रहेको निष्कर्ष निकालेको छ । 

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई राखिएको रुपन्देही कारागार आयोगकी सदस्य डा. लिली थापासहितको टोलीले हिजो अनुगमन गरेको थियो ।

आयोगका अनुसार रुपन्देही कारागारमा रास्वपा सभापति रवि लामिछानेलाई हावा नपस्ने, खुला ट्वाइलेट भएको कोठामा राखिएको र अदालतको आदेश हुँदाहुँदै स्थानान्तरण नगरिएको पाइएको छ । 

क्षमताभन्दा बढी कैदीबन्दी, ज्येष्ठ र बिरामीका लागि छुट्टै स्थानको अभाव, पत्रपत्रिका र बजेटको कमी, सर्प प्रवेश जस्ता समस्या देखिएका छन् । 

कैलाली कारागारमा हिंसात्मक मुठभेडपछि पनि पर्याप्त पहल नभएको, सुरक्षाकर्मीको कमी, फितलो चेकजाँच र अपारदर्शी स्थानान्तरण प्रक्रिया रहेको आयोगको निष्कर्ष छ । सरकारले कारागारलाई सुधारगृहको रूपमा विकास गर्दै मानव अधिकारमैत्री बनाउन निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?